काठमाडौं ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह एटविनको आयोजना, युनिसेफको सहयोगमा मानव बेचविखन न्यूनिकरण र सुरक्षित स्थानागमन सम्बन्धी सञ्चारकर्मीहरुलाई पौष २८ गतेबाट २ दिने अभिमुखिकरण कार्यक्रम पातलेवन भिनयार्ड रिसोर्ट, चिसापानी काठमाडौंमा सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष मिना विष्टले स्वागत मन्तव्य दिनु भएको कार्यक्रममा भुकम्प प्रभावित समुदायको पुर्नलाभ र प्रतिरोध क्षमता प्रवद्र्धनको लागि सञ्चार तथा सामाजिक परिचालन परियोजना सञ्चालन सम्बन्धी सिक्ने र सिकाउने कार्य भएको थियो ।

उक्त कार्यक्रममा आपतकालिन, विपतको समयमा के कसरी रिपोर्टिङ्ग गर्ने बारेमा प्रशिक्षण दिइएको थियो । काठमाडौं, धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लाका ३९ जना क्रियाशिल सञ्चारकर्मीहरुलाई रेडियो पत्रकार चन्द्र बानियाँ, टेलिभिजन पत्रकार विजय पौडेल, नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष अनिता विन्दु लगायतले प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा एटविन संस्थामा आवद्ध रहेका प्रतिनिधि चार जिल्लाका ३९ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Source:http://www.kavretimes.com.np (माघ ५, २०७३)