मितिः २०७ बैशाख २५

२०७२ बैशाख १२ गते, शनिबारको दिन नेपालमा गएको ७.९ रेक्टर स्केलको महाभूकम्पका कारण व्यापक धनजनको क्षति भएको छ । हजारौंको संख्यामा मानिसहरूको मृत्यु तथा घाइते भएका छन् । सार्वजनिक तथा ब्यक्तिगत घरहरु ध्वस्त भएका छन । सबैको रोजीरोटी खोसिएको छ र खुला आकासमा दिन रात बिताउन बाध्य छन । यस्तो दैब बिपत्तिमा प्राय प्रभावित हुनेहरूमा महिला र बालबालिकाहरूनै हुने गर्दछन । राष्ट्रिय विपतको यस समयमा सम्पूर्ण शोकाकूल परिवारप्रति हार्दिक सम्वेदना व्यक्त गर्नका साथै सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारजनमा यस बिपतको घडिलाई सहने सक्ने शक्ति मिलोस भन्ने पनि कामना गर्दछौ ।

विनाशकारी महाभूकम्पबाट पीडित÷प्रभावित आफ्नो वासस्थानबाट विस्थापित भएको अवस्थामा महिला तथा बालबालिकाहरुमाथि हिंसा तथा बेचबिखनको जोखिमको प्रबल संभावनाहरू देखिरहदा केहि घटनाहरू घटेको पनि विभिन्न स्रोतबाट सुचना प्राप्त भई रहेकोछ । उक्त जोखिमपूर्ण अवस्थाबाट बचाउन तथा रोकथामका लागि हामी सम्पूर्ण सचेत र एकीकृत रुपमा लाग्न आजको आवश्यकता छ । यस्तो अवस्थामा बिशेष गरी दलालहरूले ललाइ फकाइ काममा लगाउने बहानामा बेचबिखनमा पर्न सक्ने जोखिम उच्च देखिन्छ । यसकालागि विभिन्न सरकारी, गैरसरकारी, दातृ निकाय÷संस्थारू, नागरिक समाज, स्थानीय बुद्धिजिवि तथा संचारमाध्यमलाई अआफ्नो क्षेत्रबाट गरिरहनु राहतका कार्यक्रम संगै जोखिमपूर्ण अवस्थामा रहेका महिला तथा बालबालिकाहरूलाई सचेत र सहयोग सम्बन्धि विषयवस्तुलाई पनि प्राथमिकतामा राखि आआफ्नो तर्फबाट सहयोग र समन्वय गरिदिनु हुन् हार्दिक अपिल गर्दछू ।

श्री मिना बिष्ट
अध्यक्ष
महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समुह नेपाल (एटविन)