आज मिति २०६९ जेठ ३ गते, महिला तथा बालबालिका बेचबिखनविरुद्धको सहकर्मी समुह (एटविन)द्वारा आयोजित पत्रकार सम्मेलनमा संविधानसभाका सभाध्यक्ष स. सुवासचन्द्र नेम्बाङ, संवैधानिक समितिका सभापति मा. निलाम्बर आचार्य, विवाद समाधान उपसमितिका संयोजक मा. पुष्पकमल दाहाल (प्रचण्ड) एवं सदस्यहरुलाई बुझाएको ज्ञापन पत्रमा आधारित भै पत्रकार सम्मेलन सम्पन्न भयो । उक्त ज्ञापनपत्रमा अब बनिने संविधानमा निम्न कुरालाई पुनःजोड दिदै सुनिश्चतताकालागि हार्दिक अनुरोध गरिएको थियो ।

  • मानव बेचबिखन र दासत्व अन्त्यको सुनिश्चतता गरिनु पर्ने । (संविधानसभाको मौलिक अधिकारसमितिको प्रतिबेदनमा मानव बेचबिखन र दासता अन्त्यका लागि विशेष ब्यबस्था नभएको)
  • मानव बेचबिखनबाट प्रभावितहरु र उनका सन्तानको नागरिकताको अधिकार सुनिश्चततासँगै लैङ्किक समानतामा आधारित नागरिकता बितरणको ब्यबस्था हुनुपर्ने  ।
  • मानव बेचबिखनबाट प्रभावितहरुलाई राज्यबाट क्षतिपुर्ति\राहत सम्बन्धी अधिकार सुनिश्चतता हुनुपर्ने । (पीडकबाट क्षतिपुर्ति उपलब्ध गराउन लामो समय लाग्ने अथवा नपाउने अवस्था पनि आउनाले र पीडितलाई तत्काल राहतको आवश्यकता हुनाले तत्काल राज्यबाट र राज्यले पीडकबाट भराउने गरि हुनुपर्ने)
  • मानव अधिकार, महिला अधिकार र बाल अधिकारको सुनिश्चतता हुनु पर्ने ।

पत्रकार सम्मेलनमा बिभिन्न संचारमाध्यमका प्रतिनिधिहरु, गैसस महासंघका महासचिव, शर्मिला कार्की, अन्र्तराष्ट्रिय आप्रवासी संगठनका कार्यक्रम सल्लाहकार एवं अनुसन्धानबिद् डा.मिना पौडेल, नेपाल बार एशोसियसनका केन्द्रिय सदस्य शान्ता सेंढाई, अधिवक्ता मिरा ढुंगाना एवं अधिकारकर्मीहरु लगायतका ३३ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागिहरुले अब बनिने संविधानमा मानव बेचबिखन र दासत्व अन्त्य तथा नागरिकतामा समान अधिकार सुनिश्चित गर्नु पर्ने कुरामा जोड दिएको थियो । कार्यक्रमको अध्यक्षता एटविनको अध्यक्ष, लक्ष्मी कार्कीले गर्नु भएको थियो । कार्यक्रममा शक्ति समुहका चरिमाया तामाङले बेचबिखनबाट प्रभावित महिलाको नागरिकता विहिनताको समस्या संग सम्बन्धित रहेर घटना विवरण प्रस्तुत गर्नु भएको थियो । उपरोक्त अधिकारहरुको सुनिश्चितता नभएसम्म हाम्रो अभियान जारी रहने कुरा समेत जानकारी गराइन्छ ।मानव बेचबिखनजस्तो मानवता विरोधी जघन्य अपराध अन्त्यकोलागि यो अभियानमा प्राथमिकताका साथ ऐक्यबद्धता जनाई संचार माध्ययममा सुचना सम्प्रेषणको लागि एटविन विनम्र अनुरोध गर्दछ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह, नेपाल (एटविन), महिला र बाल अधिकार तथा मानवअधिकारको क्षेत्रमा कृयाशील संस्थाहरुका संजाल हो । एटविनले मानव बेचबिखनविरुद्ध नीतिगत तहमा राष्ट्रिय-अन्तराष्ट्रिय परिवेशमा आएको परिवर्तन अनुसार नीति, नियम, कानून कार्यान्वयन कार्यशैलीमा परिवर्तन गर्न र अवधारणागत स्पष्टता गराउन विविध अभियानहरु संचालन गर्दै आइरहेको छ । हाल यसमा देशभरीका २७ वटा संस्थाहरु आबद्ध छन् ।

श्री लक्ष्मी कार्की

अध्यक्ष

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समुह नेपाल (एटविन)

Attachments:
FileDescriptionFile size
Download this file (AATWIN_memorandom.pdf)AATWIN Memorandom 68 kB