मानव बेचबिखन विरुद्ध सहकर्मी समूह एटविन विगत डेढ दशकदेखि आफ्नो घोषित उद्देश्य बमोजिम मानव बेचबिखन विरुद्ध कि्रयाशील रहंदै आएको छ । मानवअधिकार महिलाअधिकार र बालअधिकारका क्षेत्रमा कार्यरत देशभरीका २७ वटा संस्थाहरु यस साजालका सदस्य रहेका छन् । यसका सदस्य संस्थाहरुमध्ये  'शक्ति समूह’ नामक संस्था पनि एक हो । 

'शक्ति समूह' मानव बेचबिखन प्रभावितहरुबाट साचालित विश्वकै पहिलो संस्थाका रुपमा परिचित रहेको छ । सन् १९९७ मा स्थापित यस संस्थाका संस्थापकहरु मध्ये चरिमाया तमाड्ड अनु लाई उहाँले मानव बेचबिखन विरुद्ध व्यक्तिगत रुपमा देखाउनु भएको साहस र संस्थागत रुपमा देखाउनु भएको कि्रयाशीलताका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान प्राप्त गर्नु भएको छ । केही समय अगाडि अमेरिकी सरकारका तर्फबाट आधुनिक दासत्व अन्त्यका लागि कि्रयाशील नायक पुरस्कार (The 2011 Hero Action to End Modern Day Slavery Award) द्वारा सम्मानित गरिएपछि उहाँ थप चर्चामा आउनु भएको छ । आफैं मानव बेचबिखनबाट प्रभावित रहेर पनि यस मानवता विरुद्धको कार्य अन्त्यकालागि देखाइरहनु भएको अदम्य साहस र उहाँले हाँसिल गर्नु भएको उपलब्धीले हाम्रो देशको समग्र मानव बेचबिखन विरुद्धको अभियानलाई थप बल मिलेको छ । मानव बेचबिखन विरुद्ध निर्भयताका साथ निरन्तरलागि रहने प्रतिवद्धता र यसबीच उहाँले हाँसिल गर्नु भएको उपलब्धिको हार्दिक प्रसंशा गर्दै तल उल्लेखित मिति स्थान र समयमा उहाँ लगायत उहाँसँगै कि्रयाशील उहाँजस्तै मानव बेचबिखन विरुद्धका अभियन्ताहरु र स्वयम् शक्ति समूहलाई सम्मानको कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा सहभागी भैदिई मानव बेचबिखनको अभियानमा आफ्नो ऐक्यबद्धता र प्रतिबद्धता जनाई दिनुहुन विनम्र अनुरोध गर्दछौं । 

 

कार्यक्रम 

मितिः २०६८ साउन ६ गते शुक्रबार तद्नुसार २२ जुलाई २०११

समयः दिनको १२ बजे

स्थानः राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग काठमाडौं ।